कैलाली बहुमुखी क्याम्पसको बीएचएम कार्यक्रममा पहिलो वर्षमै उत्कृष्ट नतिजा

Image
Nisarga Hospital

धनगढी: कैलाली बहुमुखी क्याम्पसले स्नातक तहमा होटेल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सञ्चालन गरेको पहिलो वर्षमै उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको छ।

CP Hospital Dhangadhi

प्रथम सेमेस्टरमा जयन्ती चौधरी र पविना चौधरीले समान ३.९० जीपीए सहित सुदूरपश्चिम विश्वविद्यालयमा शीर्ष स्थान हासिल गरे।

होटेल म्यानेजमेन्ट कार्यक्रममा अध्ययनरत पहिलो सेमेस्टरका जम्मा १९ मध्ये १७ जना अर्थात ८९.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विषयगत उत्तीर्ण दर ९४ देखि १०० प्रतिशत रहेको बीएचएम कार्यक्रम प्रमुख उप–प्राध्यापक नरेन्द्र शाहले जानकारी दिए।

nawajiwan
Attariya Hospital

उहाँका अनुसार यो क्याम्पसकै लागि ऐतिहासिक सफलता हो। सबै सदस्यहरूको लगाव र मेहनतका कारण यस्तो सफलता हासिल भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीको विश्वास जित्ने उद्देश्यका साथ कार्ययोजना अनुरूप काम जारी रहने उनले बताए।

क्याम्पस प्रमुख सह–प्राध्यापक डा. लोकबहादुर बिष्टले भने, “विद्यार्थीहरुको नतिजाले हामीलाई प्रफुल्लित र गौरवान्वित बनाएको छ। होटल म्यानेजमेन्ट कार्यक्रम प्रायः प्रयोगात्मक हुने भएकाले उच्च गुणस्तरको प्रयोगशाला निर्माण गरेका छौँ। भविष्यमा रोजगारमुखी जनशक्ति निर्माण र व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने छौँ।”

बजारको भन्दा सर्वसुलभ शुल्कमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिक पाठ्यक्रम सहित बीएचएम कार्यक्रम गत वर्षदेखि क्याम्पसमा सञ्चालनमा आएको हो।