व्यवसायी दुर्गा प्रसाईँको घोषणा : नयाँ राजनीतिक दल खोलेर सक्रिय राजनीतिमा प्रवेश

Image
Nisarga Hospital

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल गठनमार्फत सक्रिय राजनीतिमा प्रवेश गर्ने अठोट सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

आफू एक सफल व्यवसायी भए पनि देश र जनताको अवस्था देखेर टुलुटुलु बस्न नसकेको भन्दै प्रसाईँले दल खोल्ने निर्णय गरेको बताए। ‘देशको लुटपाट, अस्थिरता र अव्यवस्थाले मलाई मौन बस्न दिएन। मेरो लागि व्यक्तिगत स्वार्थभन्दा पनि नेपाल र नेपाली नै प्राथमिकतामा छन्,’ उनले भने।

उनका अनुसार नयाँ दलले राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी सिर्जना, सुशासन, धर्म–संस्कृति तथा नागरिकको सुरक्षालाई प्रमुख एजेण्डा बनाउनेछ। ‘मुलुक र जनताको अवस्था परिवर्तनका लागि हामी अभियानका साथीहरूसहित राजनीतिमा प्रवेश गरेका हौं,’ प्रसाईँले जोड दिए।

Advertize US