डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ अधिकृत यादवविरुद्ध ७.३१ लाख घुस प्रकरणमा मुद्दा

Image
Nisarga Hospital

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

CP Hospital Dhangadhi

आयोगले सोमबार विशेष अदालतमा यादवविरुद्ध सात लाख ३१ हजार रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

Attariya Hospital

प्रवक्ता पौडेलका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगद्दी गरिएको काठको बिमार्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेको थियो। अनुसन्धानपछि उनले सेवाग्राहीबाट सात लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

nawajiwan

केही समयअघि नै अख्तियारको टोलीले यादवलाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगले यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दर्ता गरेको जनाएको छ।

Advertize US