सुदूरपश्चिम प्रदेश प्रमुखसँग पृतनापति र प्रमुख जिल्ला अधिकारीको भेटघाट

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँसँग सुदूरपश्चिम पृतनापति प्रकाश देउजा र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भेटघाट गरेका छन् ।

CP Hospital Dhangadhi

प्रदेश प्रमुख कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख मियाँले हालै सरुवा भएका पृतनापति देउजालाई बिदाइ गरेका थिए भने कैलालीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी लम्साललाई स्वागत गरेका थिए ।

Attariya Hospital

भेटघाट कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

nawajiwan
Advertize US