डडेल्धुरामा सुनचाँदी पसलभित्र लागूऔषध सेवनरत दुई युवक पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

गोप्य सूचनाका आधारमा सोमबार बेलुकी चेकजाँच गर्ने क्रममा प्रहरीले नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिजापति र २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिएको हो।

Attariya Hospital

उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखिएको छ।

nawajiwan