दार्चुलामा पहिरोका कारण गोकुलेश्वर-खलंगा सडक अवरुद्ध

Image
Nisarga Hospital

दार्चुला: महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर-खलंगा सडकखण्ड सोमबार राति परेको बर्षाका कारण पहिरोले अवरुद्ध भएको छ। मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकमा खसेको पहिरोले लामो तथा छोटो दूरीका सवारी साधनको आवतजावत प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

सडक सञ्चालनका लागि जेसिबी प्रयोग गरी पहिरो पन्छाउने तयारी भइरहेको छ। नियमित सञ्चालन नहुँदा यात्रुले समस्या भोग्नुपरेको छ। सो क्षेत्र पटकपटक पहिरोको जोखिममा रहँदै आएको छ।

nawajiwan