शुक्लाफाँटामा घरपालुवा कुकुरमा पार्वो भाइरस संक्रमण

Image
Nisarga Hospital

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पहिलोपटक घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखिएको छ। नगरपालिकाको पशु विकास शाखामा उपचारका लागि ल्याइएका कुकुरमध्ये एकमा संक्रमण पुष्टि भएको हो।

CP Hospital Dhangadhi

पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा संक्रमण देखिएको हो। संक्रमित कुकुरलाई स्लाइनपानी चढाएर उपचार सुरु गरिएको उनले बताए। यो भाइरस विशेष गरी छ महिनादेखि दुई वर्षसम्मका कुकुरमा तीव्र रूपमा फैलिने गर्दछ।

संक्रमित कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरमा पनि भाइरस सर्ने सम्भावना भएकाले थप परीक्षण भइरहेको छ। गर्मी मौसममा यसको प्रकोप बढी हुने चिकित्सकको भनाइ छ। यस भाइरसले विशेषतः बाह्य मुलुकबाट ल्याइने ‘एक्जोटिक ब्रीड’का कुकुरलाई बढी प्रभावित गर्ने गरेको छ।

nawajiwan
Attariya Hospital

रगतसहितको पातलो दिसा, वाकवाकी, खानापानीमा रुचि नदेखिने, चिसो स्थान रोज्ने, दिसा गन्हाउनेजस्ता लक्षण देखिएमा तुरुन्त उपचार गर्नुपर्ने पाण्डेयले बताए। यो भाइरसको कारण मृत्यु दर उच्च रहने भएकाले समयमै उपचार र खोप अत्यावश्यक हुन्छ।

पशु शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार पार्वो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले जन्मिएको छदेखि आठ हप्तासम्मका कुकुरलाई अनिवार्य खोप लगाउनुपर्ने हुन्छ। हाल मौसम परिवर्तनका कारण संक्रमण देखिएको उनले बताए।