एसएसपी भाटद्वारा कैलाली–डोटीका प्रहरी कार्यालयहरूको निरीक्षण

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश राना भाटले सोमबार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय बुडर, डोटीको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

निकट भविष्यमा सुरु हुन लागेको ‘नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन’ कार्यक्रमलाई लक्षित गर्दै छनोटमा परेका प्रहरी कार्यालयहरूको तयारी अवस्थाबारे जानकारी लिन उनले निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा एसएसपी भाटले प्रहरी सेवामा पारस्परिक तालमेल, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्दै काम गर्न निर्देशन दिएका छन्। साथै उनले आम नागरिकले प्रहरीसँग आत्मीयता र विश्वास अनुभव गर्ने खालको सेवा प्रवाहमा जोड दिनुपर्ने बताए।

Advertize US