कैलाली कारागार घटनामा घाइते ३९ कैदीबन्दी डिस्चार्ज, व्यवस्थापन गृहकार्यमा

Image
Nisarga Hospital

अत्तरिया: कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनामा घाइते भएका ३९ जना कैदीबन्दी उपचारपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज भए पनि उनीहरूलाई तत्काल अस्पतालकै सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्सालले जानकारी दिए।

CP Hospital Dhangadhi

मंगलबार पत्रकारसँगको भेटमा प्रजिअ लम्सालले डिस्चार्ज भएका मध्ये पाँच जनाले स्थानान्तरणको निवेदन दिएका बताए। तीमध्ये चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई पश्चिम नवलपरासी कारागार पठाइएको छ। बाँकीमध्ये केहीले अन्यत्र स्थानान्तरण चाहेका छन् भने कतिपयले पुनः कैलाली कारागार फर्कने इच्छा व्यक्त गरेका छन्।

हाल डिस्चार्ज भएका कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको कोभिड अस्पतालमा सुरक्षा दिएर राखिएको छ। त्यस्तै, गम्भीर घाइते तीन जनाको काठमाडौँमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्यमा सुधार आएको लम्सालले बताए।

nawajiwan
Attariya Hospital

गत २३ साउनमा ब्लक–ए का कैदीबन्दी समूहले भित्ता भत्काई ब्लक–बी का कैदीबन्दीमाथि आक्रमण गर्दा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। चौधरीको मृत्यु प्रकरणमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

उक्त घटनापछि कारागार सुरक्षामा लापरवाही भएको भन्दै तत्कालीन प्रजिअ गोगनबहादुर हमाललाई तानेर गृह मन्त्रालयले लम्साललाई कैलाली पठाएको हो।