ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की र युरोपेली नेताहरूको बैठक, चाँडै पुटिन–जेलेन्स्की वार्ताको तयारी

Image
President Donald Trump meets with Ukraine's President Volodymyr Zelenskyy in the Oval Office at the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सात जना युरोपेली राष्ट्र/सरकार प्रमुखसँग ह्वाइट हाउसमा भेटवार्ता गरी रसिया–युक्रेन युद्ध अन्त्य गर्ने उपायबारे छलफल गरेका छन्।

CP Hospital Dhangadhi

छलफलपछि राष्ट्रपति ट्रम्पले जेलेन्स्की र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच चाँडै द्विपक्षीय वार्ता हुने र त्यसपछि त्रिपक्षीय वार्ता गर्ने तयारी भइरहेको घोषणा गरेका छन्। न्यूयोर्क टाइम्सका अनुसार, ट्रम्पले केही दिनअघि मात्र अलास्कामा पुटिनसँग भेट गरेका थिए, त्यसको लगत्तै जेलेन्स्की युरोपेली नेताहरूसहित वासिङ्टन पुगेका हुन्।

साढे तीन वर्षअघि २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्यमा केन्द्रित वार्तामा युक्रेनको दीर्घकालीन ‘सुरक्षा ग्यारेन्टी’ प्रमुख एजेन्डा रहेको बताइएको छ। जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने, “म पुटिनसँग जुनसुकै ढाँचामा भेट्न तयार छु।”

nawajiwan

सिएनएनका अनुसार, युक्रेनले युरोपेली सहयोगमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्नेबारे कुरा भएको छ। साथै, आफ्नै देशमा ड्रोन उत्पादन गर्ने र त्यसको केही भाग अमेरिकाले खरिद गर्ने विषयमा पनि छलफल भएको छ। तर सुरक्षा ग्यारेन्टीबारे औपचारिक सम्झौता भइनसकेको र एक हप्ताभित्र सहमति हुने आशा व्यक्त गरिएको छ।

Attariya Hospital

बैठककै क्रममा ट्रम्पले पुटिनलाई फोन गरी ४० मिनेटसम्म वार्ता गरेका थिए। उनले ह्वाइट हाउसमा भएका छलफलबारे पुटिनलाई जानकारी गराएका थिए।

बैठकमा बेलायतका कीअर स्टार्मर, फ्रान्सका इमानुएल म्याक्रोन, इटलीकी जोर्जिया मेलोनी, फिनल्यान्डका अलेक्जान्डर स्टब्सलगायत नेताहरू सहभागी थिए। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिन वास्तवमै शान्ति चाहन्छन् भन्नेमा शंका व्यक्त गर्दै भने, “पुटिनको लक्ष्य अझ बढी भूभाग कब्जा गर्ने र युक्रेनलाई कमजोर बनाउने हो।”

युरोपेली अधिकारीहरूले समेत चेतावनी दिएका छन् कि पुटिनलाई युक्रेनमै रोक्न नसकिए उनले अन्य युरोपेली भूभागमाथि पनि कब्जा जमाउने जोखिम बढ्छ।