
कैलालीमा सर्पले टोकेर एक महिला घाइते भएकी छन्। घाइते हुनेमा गोदावरी नगरपालिका–३ की तुलसी विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोमबार धारामा नुहाउने क्रममा विकलाई सर्पले टोकेको हो। सर्पदंशपछि उनलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

अस्पतालले विकको स्वास्थ्य उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाएको छ।





















