कैलालीको चिसापानीमा अनलाइन टिभी पत्रकार सङ्घको प्रथम अधिवेशन सुरु

Image
Nisarga Hospital

अत्तरिया: अनलाइन टिभी पत्रकार सङ्घ कैलालीको प्रथम अधिवेशन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रमको अध्यक्षता सङ्घका कैलाली जिल्ला संयोजक दिपक रावलले गरेका छन्। उद्घाटन कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य बीरेन्द्र धामी, प्रदेश अध्यक्ष भक्त राज जोशी, वरिष्ठ उपाध्यक्ष अंकित उप्रेती, महासचिव टीकाराम साउद, सचिव माधव पौडेल, कोषाध्यक्ष सरिता चन्द तथा प्रदेश समितिका सम्पूर्ण पदाधिकारी उपस्थित थिए।

Attariya Hospital

साथै कैलाली जिल्लामा कार्यरत पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।

nawajiwan

यस अधिवेशनले अनलाइन पत्रकारिताको विकास र पत्रकारहरूको हकहितका लागि महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ। उद्घाटन सत्र सकिएपछि समिति गठन गरिने जानकारी दिइएको छ।

Advertize US