अत्तरियामा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ तिज विशेष कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल फेकोफोन, सुनौलो भविष्य नेपाल, गोल्डेन फ्युचर रिसर्च डेभलपमेन्ट सेन्टर प्रालिको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

फेकोफोनका केन्दिय अध्यक्ष दान वहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विशेषाधिकार समिति सभापति तुलसि देवकोटा प्रमुख अतिथि थिईन ।

Attariya Hospital

तिज विशेष कार्यक्रममा धनगढी, गोदावरी, गौरिगंगा र कञ्चनपुरका महासंघका पदाधिकारि, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा उपभोक्ता सहित ५ सय जनाको सहभागिता रहेको थियो । तिजको दर खाने कार्यक्रम सहित वन संरक्षणमा उपभोक्ताको सहभागिता वढाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको फेकोफोनका महासचिव डण्डीराज सुवेदीले जानकारी गराए ।

nawajiwan
Advertize US