गेटामा रहेको विश्वविद्यालयमा आगामी असारमा एमबिबिएस पढाइ सुरु हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

Image
Nisarga Hospital

अत्तरिया : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी असारमा कैलालीको गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस पढाइ संचालन गरिने दावी गरेका छन। उनले चाँडै ३ सय वेडको अस्पताल संचालन गरि पढाइ सञ्चालन हुने बताए।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणका लागि बुधबार कैलाली पुगेका मन्त्री पौडेलले नेपाली काँग्रेस कैलालीले धनगढीमा आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा वोल्दै गेटाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयले आफुले गर्ने सबै काम गरेको बताए। उनले ३०० वेडको अस्पताल संचालन पछि शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिने बताए।

मन्त्री पौडेलले गेटामा बनेका भवनहरु शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई प्रयोग गर्न नदिएका कारण पनि छिटो संचालनमा समस्या देखिएको गुनासो गरे । उनले समग्र सरकारका संरचना भए पनि शिक्षा मन्त्रालयले प्रयोग गर्न नदिएको गुनासो गरे। स्थलगत हेर्दा धेरै जानकारी हुन्छ भनेर गेटामा हेर्न खोजेको तर नाराबाजी बिरोध केका लागि हो बुझ्न नसकेको मन्त्री पौडेलको भनाई छ। उनले रातो कितावमा नै बजेट बिनियोजन गरेका कारण बिरोधको कुनै अर्थ नरहेको बताए। पौडेलले कसैले बिरोध गरेपनि आफू बिचलित नभई गेटालाई छिटो भन्दा छिटो सञ्चालन गर्न लागिपरेको बताए।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिमका जनताले दशकौँ देखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ। ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ, ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ, तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ।

यसैबीच, स्वास्थ्य मन्त्री पौडेलले गेटा अस्पतालमा निर्माण भएको पाँच शय्याको आकस्मिक कक्ष आज उद्घाटन गर्ने तयारी गरेपछि संघर्ष समितिले बिहानैदेखी आन्दोलन सुरु गरेको थियो। संघर्ष समितिको बिरोध पछि मन्त्री पौडेल गेटा नगएर सिधै धनगढी पुगेका हुन्।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मन्त्रीलाई छोटो अवधि भित्रै सुरू भएको आकस्मिक कक्षको उद्घाटन गरेर जनतालाई भ्रमित नगर्न चेतावनी दिएका थिए। उनले भने ९ गेटा विश्वविद्यालयको ऐन भइसकेको छ। अब उपकुलपति, रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्त गरेर कम्तीमा ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ। तर, ५ शय्याको आकस्मिक कक्ष उद्घाटन गरेर नाटक मञ्चन गर्ने काम स्वीकार्य छैन।

Advertize US