
अत्तरिया: सुदूरपश्चिम इभेन्ट एसोसिएसन अत्तरियाको नयाँ कार्यसमितिले परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।

अरुण भण्डारीको अध्यक्षतामा केहि दिन अघि मात्रै चयन गरिएको उक्त कार्यसमितिले कैलालीको अत्तरियामा परिचयात्मक तथा तिजको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
अध्यक्ष भण्डारीको सभाअध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कैलाली चेम्बर अफ कर्मसका अध्यक्ष प्रमोद अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै अधिकारीले संगठनात्मकरुपमा एकतावद्ध भए थुप्रै काम गर्न सहज हुने बताए ।


त्यस्तै अध्यक्ष भण्डारीले इभेन्ट व्यवसायमा पछिल्लो समय चुनौती थपिएपछि संगठनात्मकरुपमा एकतावद्ध हुनु परेको बताए ।
उनले इभेन्ट व्यवसायीहरुमा आगमी दिनमा आउने समस्या समाधान गर्न सहज हुने अपेक्षा आफूले गरेको बताए ।
उक्त कार्यक्रममा इभेन्ट व्यवसायीहरुसहित विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कैलाली चेम्बर अफ कर्मसले नयाँ कार्यसमितिलाई स्वागत पनि गरेको थियो ।
































