जाजरकोटका पीडित परिवार १७ दिनदेखि बझाङमा न्याय खोज्दै, क्षतिपूर्ति अझै अनिश्चित

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/बझाङः जाजरकोट घर भएका दुई जना युवा कामदारको बझाङमा ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको एक वर्ष बितिसक्दा पनि पीडित परिवारले पाउनुपर्ने सम्पूर्ण क्षतिपूर्ति नपाएपछि उनीहरू न्यायको खोजीमा बझाङ पुगेका छन्।

CP Hospital Dhangadhi

गत असोज २ गते झन्नामा भएको ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका लोकेन्द्र घर्ति र सञ्जय बुढाका परिवारलाई क्रिया खर्च र क्षतिपूर्ति स्वरूप १४ लाख रुपैयाँ उपलब्ध गराउने सहमति ठेकदार अरुण प्रसाद थपलिया र ट्रयाक्टर धनी सुरत मल्लसँग भए पनि अहिलेसम्म उक्त रकम पूर्ण रूपमा प्राप्त भएको छैन।

मृतक लोकेन्द्र घर्ति का बुबा तुल्या घर्ति अनुसार उनीहरूले सहमतिअनुसार १४ लाख मध्ये चार लाख मात्र पाएका छन् भने बाँकी १० लाख अझै पाउने अवस्थामा छैन। सोही मागसहित मृतक परिवारका सदस्यहरू १७ दिनदेखि बझाङको सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन्।

nawajiwan
Attariya Hospital

उक्त दुर्घटनामा संलग्न ट्रयाक्टर धनी सुरत मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मुख्य ठेकदार थपलिया काठमाडौंमा रहेका कारण पक्राउ प्रक्रिया अघि बढ्न नसकेको बुझिएको छ।

पीडित परिवारले मुख्य ठेकदार अरुण प्रसाद थपलिया, पेटी ठेकदार गोविन्द बिक र ट्रयाक्टर धनी सुरत मल्लबीच भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल भइरहेको र समस्या चाँडै समाधान हुने विश्वास दिलाएका छन्।

Advertize US