देशभर वर्षा क्रमशः कम हुँदै ! ६ घण्टामा विभिन्न स्थानमा वर्षा, तत्काल कुनै खतरा छैन

Image
Nisarga Hospital

पछिल्लो ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानमा वर्षा भएको छ।

CP Hospital Dhangadhi

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशको डोटी र डडेलधुरा, मधेस प्रदेशको सप्तरी तथा बागमती प्रदेशको सिन्धुपाल्चोकमा बढी वर्षा भएको छ।

बिहीबार बिहान जारी विज्ञप्तिमा विभागले वर्षा गराउने प्रणाली क्रमशः कमजोर हुँदै पश्चिमतर्फ सर्दै गएकाले वर्षा घट्दै गएको र तत्काल कुनै उल्लेखनीय खतरा नरहेको स्पष्ट पारेको छ।

nawajiwan

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा हाल मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Attariya Hospital

यसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि सफा मौसम रहेको छ।

बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।

दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली र तराईका एक–दुई स्थानमा समेत वर्षा हुने सम्भावना छ। बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

Advertize US