
अत्तरिया : अछाममा चिप्लिएर खोलामा खसेर बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो करीब पौने ३ बजेको समयमा मेल्लेख गाउँपालिका ४ को सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षीया छोरी कृति साउँदको खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु साँफेबगर नगरपालिका १३ को मैडाली मामा घरबाट औषधी उपचार गर्न मामासँग बुढाबगरबाट उपचार गरी फर्किरहेकी थिइन् । सोही क्रममा ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिएर खोलामा खसेकी थिइन् ।

खोलामा बगेर बेपत्ता भएकी उनको शव करीब ३ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
















