दार्चुला जीप दु*र्घट*ना अपडेट : घाईते गर्भवतीको ज्यान गयो !

Image
CP Hospital Dhangadhi

अत्तरिया : दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाईते भएकी एक जना महिलाको मृत्यु भएको छ ।

विहिबार विहान नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।

nawajiwan
Attariya Hospital

गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा गम्भीर घाइते टमटाको ज्यान गएको उनले जानकारी दिए । अन्य घाईतेहरुको गोकुलेश्वरमै उपचार भइरहेको छ ।

नौगाडको होपरीबाट होपरीगाड तर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए । घाइते मध्ये चार जना गम्भीर रहेकोमा गर्भवती महिला टमटाको मृत्यु भइसकेको र बाँकी तीन जना खतरामुक्त रहेको बुझिएको छ । घाईते अन्य ७ जनाकोअबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।