भूमि ऐन संशोधन विधेयक अब ढिलाइ नगरी अघि बढाऔं : सांसद बलायर

Image
Nisarga Hospital

नेपाल कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अब ढिला नगरी पारित गर्नुपर्नेमा जोड दिएका छन्। उनले अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्न र त्यसलाई अनियन्त्रित रूपमा फैलन नदिनका लागि विधेयक ल्याइएको भन्दै, लामो समयसम्म अल्झाइराख्नु बुद्धिमानी नहुने तर्क प्रस्तुत गरे।

CP Hospital Dhangadhi
Attariya Hospital

उनका अनुसार, समितिमा यसबारे पर्याप्त छलफल भइसकेकाले अब अनावश्यक रूपमा ढिलाइ गर्नु आवश्यक छैन। “हामीले धेरै छलफल गरिसकेका छौँ, अब विधेयकलाई अघि बढाउनुपर्छ,” बलायरले भने।

यसैबीच, प्रतिनिधिसभाको सम्बन्धित समितिमा विधेयकबारे विभिन्न धारणा प्रस्तुत भइरहेका छन्। समितिका सदस्यहरूले यसले ल्याउने सम्भावित प्रभावका बारेमा आफ्ना विचार राखिरहेका छन्।

समितिमा धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले भने विधेयकले भूमिको व्यापारीकरणलाई प्रोत्साहन गर्ने आभास दिएको बताए। उनका अनुसार, विधेयकले वास्तविक भूमिहीनलाई सम्बोधन गर्नेभन्दा पनि ठूला व्यवसायीलाई फाइदा पुर्‍याउने जोखिम छ।

भूमि सम्बन्धी संशोधन विधेयकमा दलहरूको फरक–फरक दृष्टिकोण रहेकाले आगामी दिनमा समितिको छलफल र निर्णयप्रक्रियाले यसको भविष्यमाथि निर्णायक प्रभाव पार्ने देखिएको छ।