ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् भदौ ६ गते शुक्रबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – ०६ भाद्र २०८२ शुक्रवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जग्गा जमिनको समस्याहरू सुल्झिनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मित्रहरूबाट सहयोग पाइएला। आकस्मिक धन खर्च गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरपरिवारबाट सहयोग पाइएला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यले सबल रहनेछ। माननीयजनहरूबाट सहयोग पाइएला। आजको शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विवादास्पद जिम्मेदारी निभाउनु पर्ला। स्वास्थ्यले साथ नदेला सचेत रहनुहोस्। पारिवारिक खर्चमा वृद्धि हुनेछ। सामाजिक सञ्जालमा लोकप्रियता बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नयाँ योजना प्रारम्भ गर्ने रूपरेखा बन्नेछ। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला। प्रशासनिक क्षेत्र सम्बन्धी कार्यमा दौडधुप गर्नुपर्ला। आँटेका कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिताएका कार्यसम्पादन गर्न सकिनेछ। भाइबहिनीहरूबाट सहयोग मिल्नेछ। लगनशीलताले चुनौतीपूर्ण समस्याहरूलाई पनि सुल्झाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवनसाथीसँग सुमधुर सम्बन्ध रहनेछ। महत्वपूर्ण योजना पुरा हुनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। अरुमाथि छिट्टै विश्वास नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उद्योग जगतमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। अग्रजहरूमा आत्मीयता बढ्नेछ। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग प्राप्त हुनेछ। नयाँ नोकरीको प्रस्ताव मिल्नेछ। आफन्तहरूसंग स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जीवनसाथीसँग मतभेदको सम्भावना छ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। नोकरी वा पेशामा प्रभाव पढ्नेछ। सद्विचारले प्रेरित भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। कानुनी पक्ष मजबुत हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट

Advertize US