भारतमा बर्ड फ्लु फैलिँदै, नेपालको सिमाजोडिएको ठाउँमा पनि संक्रमण जोखिम बढ्यो

Image
Nisarga Hospital

नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएको छ । यससँगै नेपालमा पनि संक्रमण फैलिने जोखिम बढेको सरोकारवालाहरुले बताएका छन् ।

CP Hospital Dhangadhi

भारतबाट अवैध रुपमा कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने भएकाले जोखिम अझ बढेको सुदूरपश्चिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. पानसिंह ठगुन्नाले जानकारी दिए ।

‘भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने भएकाले संक्रमणको जोखिम देखिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा रहेका कुखुरा पालक कृषकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ ।’

nawajiwan
Attariya Hospital

उनका अनुसार संक्रमण रोकथामका लागि नाकामा कडाइ गर्नुपर्ने र सीमा क्षेत्रमा विशेष सतर्कता आवश्यक छ । ‘लुकाइछिपाइ नेपाल भित्रिन सक्ने कुखुरा र कुखुराजन्य पदार्थलाई रोक्नुपर्छ,’ उनले थपे ।

विशेषगरी कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट संक्रमण फैलिने सम्भावना बढी रहेको बताइएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका भारतसँग प्रत्यक्ष सीमा जोडिएको क्षेत्र भएकाले त्यहाँ बढी जोखिम हुन सक्ने सरोकारवालाहरुको भनाइ छ ।