
सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिइएको छ ।


प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अद्वारी पर्वको अवसरमा ८ गते बिदा दिइएको बताए । कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्ठारी पर्व मनाउँदै आएका छन् ।
थारू समुदायमा पुरुषहरुले विशेष रुपमा अद्वारी मनाउने गर्दछन् । दाजुभाइहरुले अट्ठारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन छ।


















