
धनगढी: कैलाली जिल्ला अदालत बार एकाइको नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार सम्पन्न साधारण सभाबाट नाथुराम महतोको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो।

नव–निर्वाचित समितिमा उपाध्यक्ष हिमालय विक्रम विष्ट, सचिव प्रेमबहादुर शाही, कोषाध्यक्ष किशोरकुमार चौधरी र सह–सचिव कुमारी कौशिला केसी सापकोटा रहेका छन्।
त्यस्तै सदस्यमा कर्णसिंह महरा, रेनु प्रधान श्रेष्ठ, सुवास चन्द्र उपाध्याय, नैनबहादुर वडायक, देवीलाल चौधरी, ईन्द्रबहादुर खड्का, धर्मराज भट्ट र विरेन्द्र चौधरी चयन भएका छन्। बार एकाइका पार्षदमा बीरबहादुर जेठारा, नवराज पाण्डे र भरतबहादुर सिंह चयन भएका छन्।







































