स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा : बैतडीमा कुन पालिकाको अंक कति ?

Image
Nisarga Hospital

बैतडी — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा पुर्चौडी नगरपालिका ७७.२५ अंक सहित जिल्लामै पहिलो स्थानमा रहँदा, मेलौली नगरपालिका ३१.२५ अंकसहित अन्तिम स्थानमा परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार आज सार्वजनिक गरेको उक्त नतिजा अनुसार पुर्चौडी नगरपालिका पहिलो र मेलौली नगरपालिका पुछारमा देखिएको हो ‌।

CP Hospital Dhangadhi

प्रशासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, बित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय लगायतका मापदण्डका आधारमा सो मूल्याङ्कन गरिएको थियो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा बैतडी जिल्लाका स्थानीय तहहरूको प्राप्त अंक यस प्रकार छ ।
पुर्चौडी नगरपालिका — ७७.२५
दोगडाकेदार गाउँपालिका — ७६.००
सुर्नया गाउँपालिका — ७४.७५
दशरथचन्द नगरपालिका — ७४.५०
शिवनाथ गाउँपालिका — ७४.२५
सिगास गाउँपालिका — ६४.५०
डिलासैनी गाउँपालिका — ६१.५०
पाटन नगरपालिका — ५६.५०
पञ्चेश्वर गाउँपालिका — ५६.००
मेलौली नगरपालिका — ३१.२५

nawajiwan
Attariya Hospital

LISA स्थानीय तहहरूले आफ्ना योजना, सेवाप्रवाह, सुशासन, समावेशिता र कार्यक्षमताको आधारमा आफैं मूल्याङ्कन गर्ने प्रणाली हो । यसमा स्थानीय तहहरूले आफ्ना विवरण पेश गर्छन् भने संघीय सरकार अन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसको परीक्षण र प्रमाणीकरण गर्छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजाले स्थानीय तहहरूलाई आफ्नो कमजोरी र सम्भावना पहिचान गरी सुधारात्मक योजना बनाउने मार्गचित्र प्रदान गर्नु हो । साथै, यस प्रणालीले सेवा प्रवाहमा प्रतिस्पर्धा, पारदर्शिता र उत्तरदायित्वको भावना विकास गर्ने अपेक्षा गरिएको छ।

बैतडी जिल्लाको मूल्याङ्कनले स्थानीय तहहरूबीच उत्कृष्ट र कमजोर प्रदर्शन बीचको स्पष्ट खाडल देखाएको छ । पुर्चौडी, दोगडाकेदार, सुर्नया, शिवनाथ जस्ता स्थानिय तहहरूले राम्रो प्रदर्शन गरे पनि मेलौली जस्तो नगरपालिकाले अत्यन्तै कमजोर नतिजा देखाएको छ । यसले स्पष्ट रूपमा देखाएको छ कि सबै स्थानीय तहहरू एकै गति र क्षमतामा अगाडि बढिरहेका छैनन्। स्थानीय शासन प्रणालीमा सुधारका लागि गहिरो प्रयास आवश्यक रहेको सन्देश यस मूल्याङ्कनले दिएको छ। LISA प्रणालीमार्फत प्राप्त नतिजाले नीति निर्माणदेखि बजेट वितरणसम्म प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, सेवा गुणस्तर सुधार गर्दै दिगो विकास र समावेशी शासनतर्फ स्थानीय तहहरूलाई उन्मुख गराउने विश्वास गरिएको छ।