अत्तरियामा बझाङ्गी सेवा समाजद्वारा विशेष रक्तदान कार्यक्रम

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरिया: बझाङ्गी सेवा समाज अत्तरियाले शनिबार विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अत्तरिया हस्पिटल र नेपाल रेडक्रस सोसाइटी धनगढीले सहकार्य गरेका थिए।

CP Hospital Dhangadhi

oplus_32
nawajiwan

“रक्तदान नै जीवनदान हो, सेवा नै धर्म हो” भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा दर्जनौं स्वयंसेवकले रक्तदान गरेका छन्। कार्यक्रममा ११० पटक रगतदान गर्ने कैलालीका दीपक नेपाल उपाध्यायलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको हो ।

Attariya Hospital

आयोजक समाजका अध्यक्ष झलक अयडीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, रक्तदानलाई निरन्तर समाजसेवाको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

अत्तरिया हस्पिटलका प्रशासन प्रमुख डिल्लीराज पाठकका अनुसार हाल १०० शैयाको क्षमतासहितको अत्तरिया हस्पिटलमा विशेषज्ञ सेवा, सिटी स्क्यान, आईसीयू, इन्क्युबेटरलगायत अत्याधुनिक स्वास्थ्य सुविधा उपलब्ध छन्।