अत्तरियाको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा रक्तदान कार्यक्रम

Image
Nisarga Hospital

अत्तरियाः विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाको आयोजनामा शनिबार ‘रक्तदान जीवनदान २०२५’ विशेष कार्यक्रम गरिएको छ। मानवताको सेवा र समाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले कार्यक्रम उद्घाटन गर्दै समाजलाई एकताबद्ध बनाउन र मानव जीवन बचाउन रक्तदान महत्वपूर्ण साधन भएको बताउनुभयो। उहाँले “रगतदान केवल स्वास्थ्य योगदान मात्र होइन, जीवन बचाउने महान् कर्म हो” भन्दै यसलाई निरन्तर अभियानका रूपमा अघि बढाउन सबैलाई आग्रह गर्नुभयो।

nawajiwan

सो अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी संचालिका रबिनाले कथा वाचनमार्फत ‘रक्तदान जीवनदान २०२५’ को महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले रक्तदानलाई सेवा, समर्पण र भाइचाराको उदाहरणका रूपमा लिनुपर्ने बताउँदै नियमित रक्तदानले असंख्य जीवन बचाउन सक्ने उल्लेख गर्नुभयो।

Attariya Hospital

रक्तदान कार्यक्रममा अत्तरिया र गौरीगंगाका युवा पुस्ताको उल्लेख्य उपस्थिति देखिएको थियो। युवाहरूको उत्साहजनक सहभागिताले समाजमा परोपकार र सहकार्यको संस्कृति मजबुत भइरहेको सन्देश दिएको आयोजकले जनाएका छन्।

यसैगरी, राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औँ पुण्यतिथिको स्मरणमा गरिएको कार्यक्रममा सहभागीहरूले उहाँको जीवन दर्शन, आत्मिक सेवा र मानवता प्रबर्द्धनमा दिनुभएको योगदानप्रति आभार प्रकट गरेका थिए।

आयोजकले रक्तदानलाई नियमित सामाजिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।

एक थोपा रगत अनन्त आर्सीवाद भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रेडक्रसको सहयोगमा अहिले विश्वविद्यालयको हलमा रक्तदान कार्यक्रम चलिरहेको छ । दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम चल्नेछ ।