महाकाली नदीमा पानीको बहाव बढ्दा बनबासा पुलमा सवारी आवतजावत रोक

Image
Nisarga Hospital

महाकाली नदीमा पानीको बहाव तीव्र बढेसँगै कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोकिएको छ।

CP Hospital Dhangadhi

शनिबार बिहान करिब ९ बजेदेखि लागू भएको प्रतिबन्धबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार हाल महाकाली नदीको जलस्तर बढेर एक लाख १९ हजार ९३३ क्युसेक पुगेको छ।

Attariya Hospital

अचानक पानी बढेसँगै पुल हुँदै हुने आवागमन असुरक्षित हुने सम्भावना देखिएकाले सवारी सञ्चालन नगरी पैदल यात्रु मात्र आवतजावत गर्न दिइएको जनाइएको छ।

nawajiwan