अत्तरियामा ब्रह्माकुमारीद्वारा रक्तदान कार्यक्रम, १२२ पिन्ट रगत संकलन

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १२२ पिन्ट रगत संकलन भएको छ।

CP Hospital Dhangadhi

“रक्तदान जीवनदान शिविर २०२५” शीर्षकमा आज विश्वविद्यालय परिसरमै आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरे।

nawajiwan
Attariya Hospital

राज योगिनी दादी प्रकाशमणिको १८औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा “एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने नारालाई प्रोत्साहन गरिएको थियो।

कार्यक्रममा स्थानीय नागरिक, विभिन्न संगठनका प्रतिनिधि तथा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

Advertize US