मानवतावादी राजा जयपृथ्वीवहादुर सिंहको १४९औँ जन्मजयन्तीमा बझाङमा पत्रकार सम्मान

Image
Nisarga Hospital

रमेश सिंह/ बझाङः मानवतावादी राजा जयपृथ्वीवहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले शनिबार पत्रकार सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

CP Hospital Dhangadhi

“मानवतावाद : जयपृथ्वी बहादुर सिंह र आजको आवश्यकता” विषयमा भएको कार्यक्रममा जिल्लामा लामो समयदेखि सक्रिय तीन जना पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको हो।

Attariya Hospital

कार्यक्रममा जयपृथ्वी पत्रकारिता पुरस्कारबाट गोर्खापत्रका बझाङ संवाददाता तथा महासंघका निवर्तमान अध्यक्ष पत्रकार शैलेन्द्र रोकायालाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, महासंघका पूर्व सचिव स्व. नरेश खड्काको स्मृतिमा स्थापना गरिएको नरेश स्मृति पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार रमेश केसीअञ्जु खड्कालाई पुरस्कृत गरिएको छ।

nawajiwan

सोही अवसरमा सामुदायिक रेडियो जयपृथ्वी एफएमलाई सञ्चार तथा सूचनामाध्यम क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद र सम्मानपत्र प्रदान गरिएको थियो। यस्तै, उत्कृष्ट प्रशासनिक कार्यका लागि जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा दुर्घटनामा परी निधन भएका महासंघ बझाङ शाखाका पूर्व सचिव स्व. नरेश खड्काकी धर्मपत्नीलाई समेत आर्थिक सहयोगसहित सम्मान गरिएको थियो।

आजै जयपृथ्वी नगरपालिकाले राजा जयपृथ्वीवहादुर सिंहको सालिक अनावरण गर्दै उनको मानवतावादी योगदानलाई भावपूर्ण सम्झना गरिएको थियो।