
अत्तरिया: प्रहरी पब्लिक ब्याडमिन्टन क्लबको दोस्रो कार्यकालका लागि चेतराज जोशी निर्विरोध अध्यक्ष चयन भएका छन्। प्रदेश प्रहरी कार्यालय भित्रको ब्याडमिन्टन हलमा सम्पन्न दोस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो।

क्लबको नेतृत्व यसरी छ:

-
उपाध्यक्ष: मेम्बर सिंह
-
सचिव: शैलेन्द्र श्रेष्ठ
-
कोषाध्यक्ष: राजेन्द्रबहादुर बम
-
सदस्य: रामबहादुर बोहरा, राेशन सिंह, प्रेम बिष्ट, गणेश शाह, नरेन्द्रबहादुर चन्द, दानबहादुर बडैला, टेकबहादुर साउँद

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर बिक रहेका थिए। कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्र श्रेष्ठ ले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंह ले व्यक्त गरेका थिए।




















