
अत्तरियाः सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले शनिबार अत्तरियामा आयोजना गरेको शिक्षिका नृत्य प्रतियोगितामा सत्यवती एकेडेमी ले प्रथम स्थान हासिल गरेको छ। यस अवसरमा सत्यवती एकेडेमीले नगद १५ हजार पुरस्कार पाएको छ।

प्रतियोगितामा वाल्मीकि इन्टरनेशनल स्कुल, धनगढी र सक्षम पाठशाला, अत्तरियाले दोस्रो स्थान हासिल गर्दै प्रत्येकले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन्। तृतीय स्थान कञ्चनपुरको गुलरिया स्थित कञ्चनजंगा माविले हासिल गरेको छ र नगद ७ हजार पुरस्कार पाएको छ।

यस प्रतियोगितामा १४ विद्यालय का सहभागी शिक्षकाहरूले कला प्रदर्शन गरेका थिए।


















