नेपाल महिला संघ गोदावरी नगरकार्यसमिति अत्तरियाको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियामा तीज विशेष तथा दर खाने कार्यक्रम आयोजना गरिएको छ। नेपाल महिला संघ गोदावरी नगरकार्यसमितिको व्यवस्थापनमा नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले कार्यक्रमको आयोजना गरेको हो।

CP Hospital Dhangadhi

कार्यक्रमका बारेमा जानकारी दिंदै नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्ट ले बताए कि हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै यो कार्यक्रम प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। उनले दर खाने कार्यक्रमले महिलाहरुलाई आपसी मायाप्रेम साट्ने र रमाइलो गर्ने अवसर प्रदान गर्ने भएकाले नियमितरुपमा कार्यक्रम आयोजना भइरहेको बताए।

Attariya Hospital

कार्यक्रम नेपाल महिला संघ गोदावरी नगरकार्यसमितिकी सभापति लक्ष्मी भण्डारी को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटा थिइन्।

nawajiwan

यस अवसरमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रीय सभापति बसन्त रोकाया, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री टेकबहादुर रैका, प्रदेश सभा ख का सभापति तथा गोदावरी–१ का वडाध्यक्ष गोपालदत्त भट्ट, नेपाली कांग्रेस गोदावरी नगरसभापति विर बहादुर चोखाल लगायत महिला सहभागि रहेको कार्यक्रममा उपस्थित थिए।