नेकपा एमाले गोदावरी नगर कमिटीको पूर्ण बैठक सम्पन्न

Image
Nisarga Hospital

नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटीले शनिवार पार्टी कार्यालय वनखेतमा पूर्ण बैठक सम्पन्न गरेको छ। बैठकको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि सिंह साउँद रहेका थिए।

CP Hospital Dhangadhi

बैठकमा गोदावरी नगर इञ्चार्ज खम्म बुढा, प्रदेश सदस्य भान सिंह विक, दामोदर रिजाल, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, उप सचिव गङ्गा चौधरी लगायत जिल्ला सल्लाहकार संयोजक र जिल्ला सदस्यहरूको उपस्थिती रहेको थियो।

Attariya Hospital

बैठकका क्रममा विधान मस्यौदा संशोधन सम्बन्धी केन्द्रीय कमिटीको निर्णयलाई नगर कमिटीले पूर्ण रूपमा समर्थन गर्ने निर्णय गरेको गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहले जानकारी दिए।

nawajiwan