ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् भदौ ८ गते आइतबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – ०८ भाद्र २०८२ आइतवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरुषार्थ देखाएर समाजमा अधिकार स्थापित गर्न सक्नुहुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा लाभ रहनेछ। आफ्नो कामबाट अरुलाई लाभ पुर्‍याउन सक्नुहुनेछ। नयाँ कार्य थाल्नु अघि राम्ररी विचार विमर्श गर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ जानकारको सल्लाह लिएर कार्यलाई अगाडी बढाउनुहोस्। समयमा कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन ऊर्जावान रहनेछ। कार्य समयमा सम्पन्न भएको कारण मन प्रसन्न रहनेछ।अरुको विश्वास जित्न सकिनेछ। खर्च गर्दा आर्थिक पक्षलाई ध्यान दिनुहोस्। गोपनीयताको ध्यान राख्नुहोला। आज को शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) फुर्सदिलो देखिएता पनि कार्यक्षेत्रमा धेरै खटिनु पर्ला। लोकाचारको पछि लाग्दा नयाँ अवसर गुम्नेछ। परिस्थितिलाई सहज बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तारीफ योग्य काम गरेर प्रशस्त लाभ प्राप्त गर्न सक्नुहुनेछ। भौतिक संसाधन जुटाउन सकिनेछ। वैवाहिक जीवनमा जीवनसाथीसँग आत्मीयता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य सबल रहनेछ। चुनौतीहरूलाई पन्छाएर कार्य बनाउन सक्नुहुनेछ। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिस्थिती नमिल्दा योजनाहरू अधुरा रहनेछन्। समयमा परिवारको साथ नमिल्नाले कार्यक्षेत्रमा पछाडि परिनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रयत्न गर्दा अप्ठ्यारा कार्य पनि सम्पादन गर्न सकिएला। उद्योग व्यापारमा सोचेजस्तो लाभ हात नलाग्ला। कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। समय चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्यमा मन लाग्नेछ। आफन्तहरूसँग सुमधुर सम्बन्ध स्थापित गर्न सकिनेछ। टाढिएका इष्टमित्रहरूसँग भेटघाटले मन उत्साहित रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साइनो गास्नेहरूबाट सावधान रहनुहोला। नँया लगानी लगाउनुपर्ने बाध्यात्मक परिस्थिति आई पर्ला। अवसरको लागि केही दौडधुप गर्नु पर्ला। अध्यात्मतर्फ रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मेहनत गर्दा पनि सोचेजस्तो सफलता प्राप्त नहोला। लगनशीलताको कमीले बन्दै गरेको काममा बाधा आउनेछ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

हाम्रो पात्रो बाट