
सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायको प्रमुख पर्व अट्वारीको अवसरमा आज (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ८ गते सार्वजनिक बिदा रहने व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ। यसअघि साउन २५ गतेलाई बिदा दिने निर्णय भए पनि अट्वारी पर्व वास्तविक रूपमा भदौ ८ गते परेकाले मिति संशोधन गरिएको हो।
अट्वारी पर्व विशेष गरी कैलाली र कञ्चनपुरमा बसोवास गर्ने थारू समुदायले धुमधामसाथ मनाउने गर्छन्। परम्परागत रुपमा यो पर्व दुई दिन मनाइने भएकाले कैलारी गाउँपालिका लगायतका थारू बहुल पालिकाले थप दुई दिन स्थानीय बिदा पनि दिएका छन्।





























