आज आईतबार, आजको दिनमा सूर्यदेवको पूजा–अर्चनाः सफलता र शान्ति प्राप्त हुने विश्वास

Image
Nisarga Hospital

हिन्दु धर्मशास्त्रअनुसार आइतबारलाई ‘सूर्यदेवको बार’ मानिन्छ। यस दिन सूर्यदेवको पूजा–अर्चना गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने विश्वास रहिआएको छ।

CP Hospital Dhangadhi

धार्मिक परम्परा अनुसार आइतबार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र भोजन गर्ने प्रथा छ। त्यसमध्ये पनि खानामा नुन र तेल प्रयोग नगर्ने मान्यता रहेको छ। व्रतालुहरूले यस दिन रातो वस्त्र धारण गरी पूजा गर्दा सूर्यदेव प्रसन्न हुने जनविश्वास छ भने पूजा अर्चनामा रातो रङ्गको फूल अर्पण गर्ने चलन रहिआएको छ।

सूर्यदेवको आराधनामा विभिन्न मन्त्रहरूको उच्चारण गरिन्छ। धार्मिक आस्थाअनुसार यी मन्त्रहरूले विभिन्न लाभ दिने विश्वास छः

nawajiwan
Attariya Hospital
  • पुत्र प्राप्तिका लागि : “ऊँ भास्कराय पुत्रं देहि महातेजसे। धीमहि तन्नः सूर्य प्रचोदयात्।।

  • हृदय रोग, आँखा, कुष्ठ र जटिल रोग निवारणका लागि : “ऊँ हृां हृीं सः सूर्याय नमः।।

  • व्यवसाय वृद्धि र सफलताका लागि : “ऊँ घृणिः सूर्य आदिव्योम।।

  • शत्रु नाशका लागि : “ऊँ हृीं हृीं सूर्याय नमः।।

  • मनोकामना पूर्तिका लागि : “ऊँ हृां हृीं सः।।

  • अनिष्ट ग्रहदशा निवारणका लागि : “ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः।।

धार्मिक विद्वान्हरूका अनुसार आइतबार सूर्यदेवको विधिपूर्वक पूजा–व्रत गर्ने व्यक्तिले जीवनमा सफलता, स्वास्थ्य लाभ र परिवारिक समृद्धि प्राप्त गर्ने विश्वास गरिन्छ।