
अटवारी पर्वको अवसरमा शुभकामना दिदै नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश पार्टी सभापति पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले धार्मिक आस्था, साँस्कृतिक परम्परा र सामाजिक सद्भावको प्रतिकका रुपमा अटवारी पर्व रहेको बताउनु भएको छ ।

आईतवार शुभकामना वक्तव्य जारी गर्दै प्रदेश सभापति बलायरले माघि पछिको दोस्रो ठुलो पर्व अट्वारी धार्मिक आस्था, साँस्कृतिक परम्परा र सामाजिक सद्भावको प्रतिकका रुपमा मनाईने यस मौलिक पर्व अवसरमा सबै नेपालीलाई आपसी मेलमिलाप, भाईचारा र सहिष्णुतामा अघि बढ्न प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

आईतवार अटवारी पर्वको अवसरमा थारु समुदायको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महान पर्व अट्वारीको विशेष गरी थारु समुदायका सम्पूर्ण आमा-बुबा, दाजु-भाई, दिदी-बहिनी, छोरीचेलीहरुमा शुभकामना दिनु भएको थियो ।































