सुदूरपश्चिममा गौरा पर्व भदौ १२ गतेदेखि सुरु, भदौ १५ गते मुख्य दिन अठवाली

Image
uf}/f kj{sf] cj;/df sf7df8f}+sf] 6F'l8v]ndf cfof]lht sfo{qmddf uf}/fsf] k|ltdf ;lxt g[To ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;
Nisarga Hospital

यस वर्षको गौरा पर्व भदौ १२ गतेबाट सुरु भई भदौ १५ गते मुख्य दिन अठवालीका रूपमा मनाइने भएको छ। अठोला पञ्चाङ्गका ज्योतिष डिल्लीराज जोशीका अनुसार, गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याबाट प्राप्त सफलताको उपलक्ष्यमा बैदिक कालदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक पर्व हो।

CP Hospital Dhangadhi

विज्ञप्तिमा उल्लेख भए अनुसार, यस पर्वमा ब्रतालु नारीहरूको प्रमुख भूमिका हुन्छ। भदौ १२ गते पञ्चमी तिथि बिहान ७:१० बजेसम्म सिंहलग्न र अपराह्न ३:५४ बजेसम्म पञ्चमी रहनेछ। यही दिन बिरुडा (पञ्च अनाज) भिजाउने परम्परा पनि रहनेछ।

भदौ १३ गते षष्टितिथिमा बिरुडा धुने र नोला (पानीको धारामा) गौरा पूजिने परम्परा छ। भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमीमा गौरा भित्र्याउने र दुबधागो पूजाआजा गरिनेछ। मुख्य दिन भदौ १५ गते दुर्वाष्टमी व्रतमा अठ्वाली मनाइनेछ।

nawajiwan
Attariya Hospital

गौरा पर्वले नयाँ सृष्टि, माया–प्रेमाकर्षण, पारिवारिक मिलन, सामाजिक सद्भाव र बन्धुत्वको सन्देश दिन्छ। महिलाहरू चार दिनसम्म निराहार ब्रतबसी, गौरी–महेश्वरको प्रतिमा निर्माण गरी मंगलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादसँग इच्छित फल प्राप्तिका लागि पूजा आराधना गर्ने गर्दछन्।

विशेषत: यस वर्ष नवविवाहिता (नौली) महिलाहरू उज्याली गोरामा दुबधागो लगाउन पाउने हुँदा पर्व अझ उल्लासमय रहने ज्योतिषले बताएका छन्।

विज्ञप्तिमा सबै नेपाली दिदीबहिनी र दाजुभाइका लागि सुख, शान्ति, स्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गरिएको छ।