
हेमन्त बाजे/बनबेहडा: एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि., बनबेहडा शाखा द्वारा हरितालिका तिजको अवसरमा शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम शाखा महिला सदस्य कृष्णा खड्का को अध्यक्षतामा आयोजित थियो। प्रमुख अतिथि वडा सदस्य बाटुदेबी बिक, विशिष्ट अतिथि संस्थाका केन्द्रीय अध्यक्ष सुरत बहादुर बोगटी र हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) उपस्थित थिए।
सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख गणेश राज उपाध्याय, प्रतिभा महिला समूह अध्यक्ष बिमला बम कुँवर लगायतको पनि उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।


कार्यक्रममा बक्ताहरुले तिजको शुभकामना व्यक्त गर्दै, यस्ता कार्यक्रमले नेपाली संस्कृतिको निरन्तरता कायम राख्न सहयोग पुग्ने बताए। सो अवसरमा महिलाहरुले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरे।
स्थापनाकालदेखि महिलाको क्षेत्रमा सक्रिय रहेर काम गर्दै आएको सहकारी संस्थाले महिलाहरुलाई सीपमूलक तालिम, नेतृत्व विकास तालिम र सहकारी शिक्षा तालिम प्रदान गर्दै आएको छ।
स्वागत मन्तव्य राधा वली ले राखेकी थिइन् भने कार्यक्रमको संचालन शाखा प्रमुख चक्रजित रावल ले गरेका थिए।


















