बिपद जोखिम न्यूनीकरणका लागि भजनीमा सामुदायिक जैबिक तटबन्धन, ३६० जनालाई प्रत्यक्ष लाभ

Image
Nisarga Hospital

बर्दवाफाँटा: बाढी तथा डुबानको जोखिम कम गर्न भजनी नगरपालिका, kerk in actie को सहयोग र बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुराको प्राविधिक समन्वयमा काँडा नदी किनारमा सामुदायिक जैविक तटबन्ध निर्माण गरिएको छ।

CP Hospital Dhangadhi

प्रत्येक वर्ष वर्षायाममा काँडा नदीमा आउने बाढीले बर्दवाफाँटा बस्ती र सयौँ रोपनी जमिन डुबानमा पर्ने गरेको छ। यसवर्ष पनि डल्फिन पर्यटक मार्ग कटानी भई गाउँमै बाढी पस्ने खतरा देखिएपछि स्थानीय समुदायले विपद् जोखिम न्यूनीकरणको उद्देश्यसहित तटबन्ध निर्माणको पहल गरेका हुन्।

nawajiwan

MPDS का डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाका अनुसार ३४.५ मिटर लामो यो जैविक तटबन्ध २७ सदस्यीय विपद् व्यवस्थापन समिती (टास्कफोर्स) को अगुवाइमा स्थानीय श्रमदानमार्फत सम्पन्न गरिएको हो। “यस तटबन्धबाट ९० घरधुरीका करिब ३६० जना प्रत्यक्ष लाभान्वित हुनेछन्,” उनले जानकारी दिए।

अनुगमनका क्रममा भजनी नगर प्रमुख केबल चौधरीले MPDS द्वारा स्थानीय तहमा गरिएको सचेतनामूलक कामको प्रशंसा गर्दै भने, “बाढी, डुबानलगायतका विपदबाट जोगाउन यस्ता काम अत्यन्तै प्रभावकारी हुन्छन्। पालिकाले यसका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ, आगामी दिनमा थप बजेटसहित निरन्तर सहकार्य गर्न तत्पर छौं।”

Attariya Hospital

वडा नं. ३ का अध्यक्ष बिक्रम चौधरी र विपद फोकल पर्सन विष्णु न्यौपानेले पनि यो कार्यलाई उदाहरणीय भनेका छन्। उनीहरूको भनाइमा, “कम बजेटमै प्राविधिक हिसाबले राम्रो काम सम्पन्न भएको छ, यसले स्थानीयमा चेतना अभिवृद्धि गरेको छ।”

स्थानीय टास्कफोर्स अध्यक्ष सविता काफ्लेले सामुदायिक सहभागितामा बनेको तटबन्धले माटो कटानी रोक्ने मात्र नभई बस्ती र खेतीलाई सुरक्षित गर्ने विश्वास व्यक्त गरिन्।

यस परियोजनामा भजनी नगरपालिकाले १ लाख, MPDS ले १ लाख ३० हजार सहयोग गरेको र बाँकी श्रमदान स्थानीय समुदायले गरेको थियो।