
५४ वर्षपछि आएको शिक्षा विधेयक ऐनका अव्यावहारिक प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन), एनप्याब्सन, हिसान र अपेनले देशव्यापी आन्दोलन अन्तर्गत धनगढीमा प्रदर्शन गरेका छन्।

सुदूरपश्चिम प्रदेश सभा अगाडि गरिएको प्रदर्शनमा सहभागीहरूले शिक्षक, विद्यार्थी, अभिभावक र संस्थागत विद्यालयसँग परामर्शबिना ल्याइएका प्रावधान कार्यान्वयन योग्य नभएको भन्दै ती प्रावधान खारेज गर्न माग गरे।

सो अवसरमा प्रतिनिधि टोलीले सुदूरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीसँग भेट गरी आफ्ना मागहरू राखेको थियो। सभामुख भण्डारीले उठाइएका विषय संघीय सरकारसम्म पुर्याउने आश्वासन दिएका छन्।

संघसंस्थाहरूले माग सम्बोधन नभएसम्म आन्दोलन देशभर निरन्तर चरणबद्ध रूपमा चलाइने बताएका छन्।

















