
कैलालीको धनगढी–३, चटकपुरस्थित माया मेट्रो अस्पताल प्रा.लि. र बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच उपभोक्ता सदस्य र उनका परिवारलाई विशेष छुटमा उपचार सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार ल्याब र सामान्य बेडमा २० प्रतिशत, आईसीयू, एनआईसीयू, क्याबिन, टीएमटी/एबीपी/होल्टरमा १५ प्रतिशत, युएसजी, ईको, एन्डोस्कोपी र सिटी स्क्यानमा १० प्रतिशत, फार्मेसी तथा अपरेसन थिएटर (ओटी)मा ७.५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौतामा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावद र समितिका अध्यक्ष चेतराज पन्तले हस्ताक्षर गरेका छन्। सम्झौतापत्र प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान पनि उल्लेख गरिएको छ।





















