
अत्तरियाः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी किरण के.सी.बीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ। हालै सरुवा भई सुदूरपश्चिम आएका पृतनापति के.सी. स्वागत भेटका क्रममा प्रदेश प्रमुख कार्यालय पुगेका थिए।

भेटमा प्रदेश प्रमुख मियाँले पृतनापति के.सी.लाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। साथै उनले नेपाली सेनाको योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरे।

पृतनापति के.सी.ले नेपाली सेनाको गौरव, शान र मानलाई अझ उच्च बनाउन प्रतिबद्ध रहेको बताउँदै, विपत्ति र आपतकालीन अवस्थामा अग्रपंक्तिमा रहेर सेवा गर्ने दृढता प्रकट गरे।

भेटमा नेपाली सेनाका महासेनानी विश्वनाथ तिमिल्सिना, प्रमुख सेनानी धिरज थापा, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रमुख स्वकीय सचिव साबिर अलीसहितका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।




















