अत्तरिया कांग्रेसका युवा नेता गणेश शाहले पार्टी छोड्ने घोषणा

Image
Nisarga Hospital

नेपाली कांग्रेसका युवा नेता गणेश शाहले पार्टी परित्यागको घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

शाहले आफ्नो फेसबुकमा पोष्ट गर्दै भनेका छन्, “श्रम, स्वतन्त्रता, सिर्जनशीलता र आत्मसन्तुष्टिका लागि जीवन जिउने अठोटसहित लगभग दुई दशक लामो नेपाली कांग्रेसको यात्रा आजबाट विराम लिएको छु। आजबाट म कांग्रेसको साधारण सदस्य नरहने गरी पार्टी छोडेको घोषणा गर्दछु।”

उनले राजीनामा पत्र क्षेत्रीय सभापति र वडा सभापतिलाई व्हाट्सएप मार्फत पठाएको जानकारी पनि सार्वजनिक गरेका छन्।

nawajiwan
Attariya Hospital

शाह गोदावरी–४ मा युवाहरू माझ शालिन नेताको रूपमा परिचित छन्। विद्यार्थी राजनीतिसँगै उनले दुर्गालक्ष्मी नमुना विद्यालयको व्यवस्थापन समिति अध्यक्षको रूपमा पनि काम गरेका थिए। उनले दोस्रोपटक विद्यालय नेतृत्व लिन खोज्दा पार्टी भित्रबाट आवश्यक समर्थन नपाएपछि असन्तुष्ट बनेका थिए।

यसअघि अर्का कांग्रेस युवा नेता प्रेम भट्टले पनि पार्टी छोडिसकेका छन्।