डडेल्धुरामा नेपाल महिला संघद्वारा तीज विशेष कार्यक्रम

Image
Nisarga Hospital

डडेल्धुराको परशुराममा नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रम नेपाल महिला संघ परशुराम–१२ की सभापति सुमन भट्टको अध्यक्षतामा र नेपाली कांग्रेस महासमिति सदस्य तथा संविधानसभा सदस्य नरभान कामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। परशुराम–१२ स्थित डङ्सेरा सामुदायिक भवनमा दिउँसो २ बजे सुरु भएको कार्यक्रममा १२ वटै वडाका महिला सभापति र सदस्यहरूको व्यापक सहभागिता रहेको थियो।

Attariya Hospital

कार्यक्रममा कांग्रेस डडेल्धुराका प्रबक्ता अर्जुन सिह साउद, उपसभापति तथा वडानं. १२ का निर्वाचित सदस्य जयबहादुर साउद, जिल्ला सदस्य शिव सोव, वडा–९ का सभापति गोपाल बोहरा र वडा–१२ का सभापति लक्षे बहादुर थापा समेत उपस्थित थिए।

nawajiwan

सभापति लक्षे बहादुर थापाले खिर खाइ आपसमा शुभकामना आदान–प्रदान गरी कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन्। प्रमुख अतिथि नरभान कामीले सबै दिदीबहिनीलाई स्वास्थ्यको ख्याल राख्दै व्रत बस्न, सद्भाव, एकता, मित्रता र सहिष्णुता कायम गर्न शुभकामना व्यक्त गरेका थिए।