सुदूरपश्चिमका स्वास्थ्य केन्द्रमा परिवार नियोजनका साधन समाप्त, विकल्प सीमित

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थायी साधनको अभाव देखिएको छ। स्वास्थ्य संस्थाहरूमा डिपो प्रोभेरा, साइनाप्रेस, इम्प्लान्ट, आइयुडीलगायतका साधनको मौज्दात सकिँदा सेवाग्राहीले चाहेअनुसारका साधन प्रयोग गर्न पाएका छैनन्। स्वास्थ्यकर्मीहरूले अस्थायी साधनको सहज उपलब्धता नहुँदा अनिच्छित गर्भधारण बढ्न सक्ने चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

कैलाली, डोटी, कञ्चनपुर र गोदावरीका स्वास्थ्य संस्थामा डिपो र साइनाप्रेस महिनौँदेखि सकिएको छ। सेवाग्राहीलाई हाल विकल्पका रूपमा कन्डम र पिल्स प्रयोग गर्न सल्लाह दिइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका अनुसार संघ सरकारबाट उपलब्ध गराउने यी साधनको आपूर्ति प्रभावित भएसँगै गत जेठदेखि प्रदेशभर परिवार नियोजनका साधनको अभाव छ।

Attariya Hospital

सूचना अधिकारी जयन्द्र बोगटीका अनुसार हाल केन्द्रमा कन्डम दुई लाख पिस, पिल्स ३,२४० साइकल, आइयुडी ३५० सेट मात्र मौज्दात छ। १३ महिनामा प्रदेशभर २३ लाख ५० हजार कन्डम, २ लाख ५३७८ साइकल पिल्स, ७५ हजार डिपो, १६,३१० इम्प्लान्ट र २४,७०० साइनाप्रेस वितरण गरिएको छ।

nawajiwan

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले भने, “परिवार नियोजनका साधन सहज उपलब्ध नभए अनावश्यक सन्तान, जनसंख्या वृद्धि, गर्भपतन र महिलाको स्वास्थ्यमा जोखिम बढ्न सक्छ। विकट क्षेत्रमा निजी क्लिनिक नभएकाले साधन खरीद पनि सम्भव छैन, जसले अनिच्छित गर्भधारणको सम्भावना बढाउँछ।”

Advertize US