भाद्र १६ देखि धनगढीमा १०औं सुदूरपश्चिम गौरा महोत्सव

Image
Nisarga Hospital

धनगढीः गौरा पर्वको अवसरमा भाद्र १६ गतेदेखि धनगढीको खुला मञ्चमा १०औं सुदूरपश्चिम गौरा महोत्सव–२०८२ सुरु हुने भएको छ।

CP Hospital Dhangadhi

डेउडा प्रतिष्ठानको आयोजनामा हरेक वर्ष सञ्चालन हुने महोत्सव यस वर्ष पनि भव्य रुपमा तीन दिनसम्म हुने बताइएको छ। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत बहादुर रावत ‘डोटेली कान्छा’ का अनुसार महोत्सवमा विभिन्न समुदायका झाँकी प्रदर्शन, चर्चित डेउडा गायक–गायिकाको प्रस्तुति, विद्यालयस्तरीय डेउडा प्रतियोगिता लगायत विविध कार्यक्रम रहनेछन्।

Attariya Hospital

काली–कर्णाली क्षेत्रको पहिचानका रूपमा रहेको डेउडालाई देश–विदेशमा प्रचार–प्रसार गर्ने, यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने, साथै भाषा, कला, साहित्य, संस्कृति, भेषभूषा र रहनसहनलाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

nawajiwan

यसैगरी, युवा पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गर्ने र पुस्तान्तरण गर्ने उद्देश्य महोत्सवको मूल लक्ष्य रहेको आयोजकको भनाइ छ। महोत्सवमा प्रवेश निःशुल्क रहनेछ।