श्री केदार टूर्स एण्ड ट्राभल्सको भारतको विकानेरमा तीज विशेष कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

विकानेर , राजस्थान: श्री केदार टूर्स एण्ड ट्राभल्स धनगढीको आयोजनामा विकानेरमा हरितालिका तीजको पावन अवसरमा भव्य तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमका प्रमुख अतिथि श्री केदार टूर्स एण्ड ट्राभल्सका अध्यक्ष नवीन रावल रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन कम्पनीका सञ्चालक भीमबहादुर जैगढीले गर्नुभएको हो।

साँस्कृतिक रंग–तरङ्गले भरिपूर्ण कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरू लोक दोहोरी गायक दिनेश बजगाईं, गायिका निर्मला भण्डारी, मोडेल आशिका ठकुरी लगायत स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति दिएका थिए।

nawajiwan
Attariya Hospital

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नवीन रावलले कम्पनीले धनगढीदेखि भारतका विभिन्न सहरसम्म सेवा पुर्‍याउँदै आएको जानकारी दिनुभयो। साथै उहाँले आउँदो भदौ ५ गतेदेखि नयाँ गन्तव्यका रूपमा विकानेर–धनगढी, टिकुनिया, नेपालगञ्जलगायत स्थानसम्मको सेवा सुरु गर्ने घोषणा गर्नुभयो।

सो अवसरमा अध्यक्ष रावलले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हरितालिका तीजको शुभकामना दिंदै कम्पनी यात्रुहरूको सहजता, सुरक्षात्मक सेवा र सुविधाप्रति निरन्तर प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विकानेर क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।