ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् भदौ ११ गते बुधबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – ११ भाद्र २०८२ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन संघर्षपूर्ण रहनेछ। कार्यक्षेत्रमा भाग दौड गर्नुपर्ला। उच्च पदस्थ व्यक्तिको साथ र सहयोगले विवादास्पद कार्य सम्पादन हुनेछ। आफूमाथि विश्वास राख्नुहोस् सफलता अवश्य मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक क्षेत्रमा समस्याको समाधान हुनेछ। शत्रुताको भावना छोडेर आपसी सम्बन्धलाई सुमधुर बनाउने प्रयास गर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ अनुबन्धबाट लाभ मिल्नेछ। अधिकारीहरूसँग मेलजोल बनाएर राख्नुहोस् पदोन्नतिमा सहज हुनेछ। साथीभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्म तर्फ रुचि बढ्नेछ। नयाँ उपलब्धि प्राप्त गर्नको लागि कडा परिश्रम गर्नुपर्ला। हतारमा निर्णय लिनबाट बच्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गुमाएको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिएला। आपसि तालमेलको कमीले कार्य अड्किनेछ। जीवनसाथीको सलाहलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य सम्बन्धी समस्याले चिताएका कार्यसम्पादन गर्न नसकिएला। अवसरवादीहरूबाट सावधान रहनुहोला। सतकार्यमा शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। घरपरिवारमा मांगलिक कार्य सम्पादन हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको साथ आफ्नो सोचमा पनि परिवर्तन लेर आउनुहोस्। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। नमागी अरूलाई सल्लाह नदिनुहोला। रोकिएका कार्यसम्पादन हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उद्योग वा व्यापार विस्तारमा मित्रहरूको सहयोग मिल्नेछ। मान प्रतिष्ठा बढ्नेछ। मनमा अनावश्यक सन्देहको भावना जागृत हुनेछ। आँटेका कार्य पूरा गर्न सकिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कानुनी मामलाहरू सुल्झिनेछन्। सामाजिक संस्थामा जोडिने अवसर प्राप्त हुनेछ। आकस्मिक धनलाभको अवसर मिल्नेछ। दाईभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। धार्मिक वा सांस्कृतिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ। नयाँ कामको रूपरेखा बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। नयाँ अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट